logo
  • शुक्रबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको भन्दै सांसद बरालद्वारा सरकारको ध्यानाकर्षण

    आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको भन्दै सांसद बरालद्वारा सरकारको ध्यानाकर्षण

    महिला मुक्ति
    २६ भाद्र २०८३
    189
    Shares

    काठमाडौं : नेकपा (एमाले) कि सांसद एशुदाकुमारी बरालले सत्तारुढ दल रास्वपाका कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
    प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन्।
    रसुवाका बाढीपीडितको छिटो उद्धार गर्न माग गरेकै भरमा आफू साइबर बुलिङमा परेको उनले बताइन्। महिलामाथि गालीगलौज गर्ने र धम्की दिने कार्यमा संलग्नलाई छिटोभन्दा छिटो कारबाही गर्न उनले सरकारको ध्यानाकर्षण गराइन्।
    बाढीपीडित महिला, सुत्केरी र अन्य पीडितले भोगिरहेको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने उनले बताइन्। सडकमै महिला सुत्केरी हुनुपर्ने र ग्यास नपाएकै कारण खोलामा हाम फाल्नुपर्ने अवस्था रहेको भन्दै सरकारको नीति यस्तै हो भनी उनले प्रश्न गरिन्।
    संसदमा बोल्दै सांसद बरालले भनिन्, ‘सम्माननीय सभामुख महोदय, म कसरी सम्मान गरौँरु सडकमा महिला सुत्केरी हुनु, सुत्केरी महिलाले खाना नपाएर हाम फाल्नु, शरीरमा आगो लगाउनु सरकारको नीति हो ररु’
    आफूले भोगेको साइबर बुलिङबारे प्रस्ट पार्दै उनले थपिन्, ‘सम्माननीय सभामुखमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, साइबर बुलिङ किन यस्तो समयमारु अरुको उदाहरण छैन, मलाई नै बलात्कार गरेर मारिदिन्छु भन्ने म्यासेज हजारौँ छन्।’
    उद्धारको माग गर्दा धम्की आएको औंल्याउँदै उनले भनिन्, ‘सरकार उद्धार छिटो हुनुपर्छ भनेकै कारण साइबर बुलिङको सिकार हुनुपर्नेरु महिलामाथि गाली गलौज गर्नेलाई कारबाही गर सरकार, हैन भने हिजो तिमीहरुले नै सिकाएको कुराहरु हो, आज अन्त्य गर्नुपर्छ। घण्टीको फोटो राखेर गाली गलौज गर्ने कार्य भइरहेको छ, सरकारको ध्यानाकर्षण होस्।’
    सांसद बरालले सामाजिक सञ्जालमा ‘घण्टी’ को फोटो राखेर गालीगलौज गर्ने गतिविधि भइरहेको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com