logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    इन्डोनेसियामा भयानक ज्वालामुखी विस्फोट

    इन्डोनेसियामा भयानक ज्वालामुखी विस्फोट

    महिला मुक्ति
    २२ भाद्र २०८३
    171
    Shares

    काठमाडौँ :  इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलमा करिब १ लाख ७० हजार यात्रु प्रभावित भएका छन् ।
    यी विमानस्थलबाट हुने उडानहरू हाल अस्थायी रूपमा रोकिएका छन ।
    आइतबार बिहान जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा पहिले बन्द गरिएको थियो । विमानस्थलनजिकैको आकाशमा अनाक क्राकाटोआ ज्वालामुखीको खरानी भेटिएपछि उडान रोक्ने निर्णय गरिएको हो ।
    इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार १ हजार ५५८ वटा उडान ढिला भएका छन् । सम्बन्धित विमानस्थलहरू स्थानीय समयअनुसार सोमबार बिहान ९ बजेसम्म बन्द रहनेछन् ।
    अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोट शुक्रबार रातिदेखि सुरु भएको थियो । त्यसपछि आसपासका क्षेत्रमा लगातार भूकम्पजस्तो गतिविधि देखिन थालेको थियो ।
    लाभाका फोहरा र शक्तिशाली विस्फोटका आवाजसमेत सुनिएका थिए । आइतबार बिहानै थप दुईवटा विस्फोट भएका थिए ।
    यातायात मन्त्रालयका अनुसार उडान सञ्चालन रोकिँदा मुख्य रूपमा सिंगापुर जाने–आउने उडानहरू प्रभावित भएका छन् । यसबाहेक दोहा, सिड्नी र क्वालालम्पुरलगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यका उडानहरू पनि प्रभावित भएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com