काठमाडौँ : आफ्ना छोराको दीर्घायुको कामना गर्दै पश्चिम नेपालका कपिलवस्तु, रुपन्देही, नवलपरासी लगायतका जिल्लामा महिलाहरूले तीन छठ्ठी पर्व मनाइरहेका छन् । भदौ शुक्ल षष्ठीको दिन घर नजिकै कुश रहेको ठाउँमा उनीहरूले पूजापाठ गरी तीन छठ्ठी पर्व मनाउने गरेका छन् ।पर्वका दिन बिहानै व्रतालु महिलाले महुवाको दतिवनले दाँत माझ्ने चलन छ । सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी व्रत, पूजापाठ र भजन कीर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन् ।
छोरा हुने महिलाले सन्तानको सुख, शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा प्राप्तिको लागि भनी यो व्रत राख्ने चलन रहेको नरेन्द्र चौधरीले बताए । व्रतका बेला कुशसँगै देवीहरूको मन्दिर पूजाआजा गर्ने प्रचलन छ । पूजाका लागि चिनी नहालेको दही, हल्दी, चामल, महुवा र चनालाई एकै ठाउँमा मुछेर प्रसाद बनाइन्छ ।
कुशको पूजा गरी त्यसमा ६ वटा गाँठो बाँध्ने गरिन्छ, कुशको सामूहिक पूजा सकिएपछि महिलाहरूले समूह बनाएर तीन छठ्ठी पर्वको कथा समेत सुनाउने गर्दछन् । केही वर्ष यता तीन छठ्ठी पर्व मान्ने महिलाहरूको सङ्ख्यामा व्यापक वृद्धि भएको बताइएको छ ।
वैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए । तर पोखरीमा पानी नआएपछि उनले आफ्नो नातिको बली दिएपश्चात् पोखरीमा पानी निस्किएको थियो । त्यसपछि राजाकी बुहारीले तीन छठ्ठी देवीको व्रत राख्दा पुनः राजाको नाति जीवित भएको किबन्ती छ ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क