काठमाडौँ : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेशमन्त्रीहरूलाई वासिङ्टनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको जानकारी दिएका छन्। त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाब, नौसैनिक निगरानी तथा हर्मुजको जलघाँटी हुँदै हुने पेट्रोलियम आपूर्तिमा प्रभाव बढाउने रणनीति अघि बढाएको छ।
‘एक्सियोस’ का अनुसार ट्रम्प प्रशासनले ठुलो सैन्य कारबाहीमा फर्किनुको सट्टा इरानको अर्थतन्त्रलाई कमजोर बनाउने रणनीतिलाई प्राथमिकता दिएको हो। यद्यपि इरानले पहिले आक्रमण गरेमा सैन्य विकल्प खुला राखिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। वासिङ्टनले इरानको तेल निर्यातमा गिरावट आएको र हर्मुजमार्फत अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गर्ने तेहरानको क्षमता कमजोर भएको दाबी गरेको छ ।
अमेरिकाले इरानसँग व्यापार गर्ने विदेशी मुलुकमाथि समेत प्रतिबन्धात्मक दबाब बढाएको छ । अमेरिकी विदेश मन्त्रालयले इरानले आणविक हतियार प्राप्त गर्न नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणा दोहोर्याउँदै इरानी शासनको वित्तीय स्रोत कमजोर पार्ने नीति अघि बढाइएको जनाएको छ। ‘एक्सियोस’ का अनुसार यो नीति नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनसम्म कायम रहन सक्नेछ।
यसैबिच इरान र ओमानबिच हर्मुज जलघाँटीमा पारवहन व्यवस्थापनबारे वार्ता भएको छ। दुवै पक्षले अस्थायी नौवहन मार्ग स्थापना गर्ने तथा समुद्री खानी हटाउन संयुक्त प्रयास गर्ने सहमति गरेका छन्। यद्यपि सामान्य व्यावसायिक ढुवानी अझै ठूलो मात्रामा प्रभावित छ। मङ्गलबार ओमाननजिकै एउटा तेल ट्याङ्करमा अज्ञात प्रक्षेप्य प्रहार भएको पनि जनाइएको छ ।
अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता नभए पनि ब्याक च्यानलमार्फत कूटनीतिक प्रयास जारी रहेको बताइएको छ । पाकिस्तानी सेनाप्रमुख असीम मुनीर इरानी नेतृत्वसँग वार्ताका लागि तेहरान पुगेका छन्। यसैबिच वासिङ्टनले मध्यपूर्वका केही कूटनीतिक नियोगमा कर्मचारी पुनः परिचालन गर्न थालेको छ। यसलाई तत्काल ठुलो सैन्य विस्तारको जोखिम कम भएको अमेरिकी आकलनका रूपमा हेरिएको छ।
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह