काठमाडौं : राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ । समितिको संयोजकमा सांसद रेणु चन्द र सचिवमा सांसद सम्झना देवकोटा चयन भएका छन् ।
राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको विशेष उपस्थितिमा महिला समन्वय समिति गठन गरिएको हो ।
समिति गठनसँगै समितिको कार्यविधि २०८३ पनि पारित गरिएको छ ।
राष्ट्रिय सभा नियमावली २०७५ (दोश्रो संशोधन) को नियम २३२ ङ बमोजिम २०८३ जेष्ठ १७ गते गठन भएको हो । यो समितिले संविधान र कानुन प्रदत्त महिला अधिकार सुनिश्चित गर्न, लैंगिक समानता र सामाजिक न्यायका लागि प्रभावकारी भूमिका खेल्ने उद्देश्य राखेको छ ।
समितिले लैंगिक सवालमा एकीकृत धारणा बनाउने, अध्ययन–अनुसन्धान गर्ने, क्षमता अभिवृद्धि गर्ने तथा संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने लगायतका कार्य गर्नेछ। समिति बढीमा नौ सदस्यीय रहनेछ भने संयोजक र सचिव हरेक वर्ष चयन गरिने व्यवस्था गरिएको छ ।
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु