काठमाडौँ : नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्ममा आफ्नो खुद मुनाफा ४७.५८ प्रतिशतले बढाएर ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुर्याएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो।
कम्पनीको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो।
नेपाल टेलिकमको कुल सञ्चालन आय पनि बढेको छ। आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म कम्पनीले ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ कुल सञ्चालन आय गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशत बढी हो।
त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो। यसअनुसार कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले बढेको छ।
कम्पनीको करअघिको मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो।
यसअनुसार करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, कम्पनीको Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा EBITDA १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमका अनुसार ब्याजदर क्रमिक रूपमा घटेका कारण कम्पनीको ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। समीक्षा अवधिमा ब्याज आम्दानी करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको कम्पनीले जनाएको छ।
यद्यपि, जीएसएम सेवातर्फको राजस्वमा वृद्धि भएकाले समग्र सञ्चालन आय बढाउन सहयोग पुगेको छ। जीएसएम सेवाबाट प्राप्त राजस्व अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको छ। कम्पनीले राष्ट्रको सञ्चार सेवाको जिम्मेवारी निर्वाह गर्दै बढी लागत र तुलनात्मक रूपमा कम प्रतिफल हुने विकट तथा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार तथा गुणस्तर सुधारलाई निरन्तरता दिइरहेको जनाएको छ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क