काठमाडौं : नेपाल आयल निगमले आज उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्याँस बिक्री गरिरहेको छ ।
पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्याँसको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्याँस उद्योगीमार्फत ग्याँस बिक्री वितरण गरिएको हो ।
यद्यपि ग्यास लिन पुगेका उपभोक्ताहरूको भिड बढेपछि अवस्था अस्तव्यस्त बनेको छ ।
ग्याँस वितरण भइरहेको टेकुमा पानी परेपछि रुझ्दै उपभोक्ता लाइनमा लागेका छन् । अतिआवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्याँस बिक्री सुरु गरिएको थियो ।
ग्याँस खरिद गर्न चाहने उपभोक्ताले साथमा अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र लिनुपर्नेछ ।
निगमका अनुसार ग्याँस आयात नियमित भइरहेको र सम्बन्धित उद्योगले आ–आफ्ना बिक्रेता ९डिलर० मार्फत नियमित बिक्री वितरण गरिरहे पनि ग्याँस सकिएरै अतिआवश्यक अवस्थामा पुगेका व्यक्तिलाई मात्र तत्काल राहतका लागि यो विशेष व्यवस्था मिलाइएको हो ।
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते