काठमाडौँ : राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाएकी छन्।
सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै उनले सरकारको आलोचना गरेकी हुन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद चन्दले सरकारले जनतालाई पूरा गर्न नसकिने आश्वासन दिएको आरोप लगाइन्। सांसद चन्दले स्वास्थ्य बीमाको पछिल्लो अवस्था र केदारनाथ पराजुली दम्पतीको आत्मदाहजस्ता गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराइन्। उनले सरकारले आफ्नो असक्षमता लुकाउन विगतका सरकारहरूलाई दोष दिएर उम्किन नमिल्ने तर्क गरिन्।
नयाँ’ र ‘जान्ने’ भनिएका राजनीतिक शक्तिहरूतर्फ लक्षित गर्दै सांसद चन्दले भनिन्, ‘१०० दिनमा युवाहरूलाई स्वदेश फर्काउने र रोजगारी दिने भनिएको थियो, तर परिणाम शून्य छ। दरबार हत्याकाण्डदेखि निर्मला पन्त प्रकरणसम्मका मुद्दाहरू चुट्कीको भरमा समाधान गर्छौँ भन्नेहरूले अहिले के गरिरहेका छन्रु’
सरकारले जनतालाई झूटो आश्वासन दिएको आरोप लगाउँदै उनले थपिन्, ‘जनतालाई झुटो आश्वासन दिएर अहिले प्रश्न उठाउँदा हप्काउने काम भइरहेको छ। तपाईंहरूको असक्षमताको भारी हामी बोक्दैनौँ।’
प्रक्रियागत र प्राविधिक बहानाबाजीबारे आपत्ति जनाउँदै उनले अगाडि भनिन्, ‘जान्नेलाई छान्ने नारा दिएर आएकाहरूले अहिले प्रविधिको ज्ञान र जादुमयी क्षमता भएको दाबी गर्ने तर काम गर्ने बेला सिक्दै छौँ भनेर उम्किन मिल्दैन। नयाँ हुनु तपाईंको तागत हो कि कमजोरीरु नयाँ भएको नाममा सरकारलाई कहिलेसम्म विशेष छुट दिइरहनेरु हामी धेरै दिन यस्तो छुट दिन सक्दैनौँ।’
ग्यास जस्ता आधारभूत आवश्यकता पूर्ति गर्न नसकेको विषय उठाउँदै उनले थपेकी छन्, ‘ताजुक छ, अरे जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाब माग्छ, यही ताजुकको कुरा भइसकेको छ।’
ग्यास जस्ता आधारभूत आवश्यकता समेत सहज रूपमा उपलब्ध गराउन नसक्ने सरकारले नैतिकताको आधार गुमाउँदै गएको टिप्पणी उनले गरिन्। जनताका प्रश्नहरूबाट विचलित नहुन आग्रह गर्दै उनले सरकारलाई जिम्मेवार बन्न सचेत गराएकी छन्।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क