logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    निम्स दाइ सहित ३ आरोहीको शव आधार शिविर ल्याइयो

    निम्स दाइ सहित ३ आरोहीको शव आधार शिविर ल्याइयो

    महिला मुक्ति
    २० साउन २०८३
    135
    Shares

    काठमाडौं :  पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ) सहित तीन आरोहीको शव आधार शिविर ल्याइएको छ ।
    प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाले यसको पुष्टि गरेका हुन् । उनका अनुसार पूर्जासहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव स‌ंकलन गरी आधार शिविर ल्याइएको छ ।
    शव संकलन मिङ्‌मा जीको नेतृत्वमा भएको थियो । सांसद शेर्पाले कठिन उद्धारका लागि उद्धार टोलीप्रति आभार व्यक्त गरेका छन् । उनका अनुसार तीन आरोहीको अझै शव भेटिएको छैन ।
    गत शुक्रबार पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० मृत्यु भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com