काठमाडौँ : समाज कल्याण परिषद्का अनुसार नेपालमा करिब ६० हजार एनजीओ र २५० आईएनजीओ रहेको पाइएको छ । परिषद्का सदस्य सचिव चक्र बुढाले प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सो जानकारी दिएका हुन् । बैठकमा बुढाले भने- ‘करिब ६० हजार एनजीओ छन् । यसमध्ये १० हजारले काम गरिरहेका छन् । २५० आइएनजीओ छन् । १३६ वटा एक्टिभ छन्।’
यो विषय एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स र ह्युम्यान राइट्स वाचले सर्वोच्च अदालतका तीन न्यायाधीशमाथि दबाब दिइएको भन्दै जारी गरेको संयुक्त विज्ञप्तिपछि समितिमा उठेको छलफलका क्रममा सार्वजनिक भएको हो।
यसबारे समितिमा समितिकै सदस्य यज्ञमणि न्यौपानेले छलफल माग गर्दै निवेदन दिएका थिए । त्यसउपरको छलफलमा यी संस्थाको स्ट्याटसको विषय उठ्यो । यसबारे बोल्ने क्रममा समाज कल्याण परिषद्का सदस्य सचिव बुढाले नेपालमा काम गरेका एनजीओ र आईएनजीओको संख्याबारे पनि जानकारी दिएका हुन् ।
उनका अनुसार एमनेस्टी इन्टरनेशनल नवीकरण अवधि सकिएर नवीकरणको प्रक्रियामा छ । इन्टरनेशनल कमिसन अफ जुरिस्ट्सको नवीकरण अवधि २०२७ सम्म छ । ह्युम्यान राइट्स वाचले २०६४ सालमा स्वीकृति लिएको थियो । त्यसपछि स्वीकृति लिएको छैन र नविकरण पनि छैन ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क