काठमाडौं : संखुवासभाको खाँदबारी नगरपालिकामा अत्यधिक रक्तस्राव भई ज्यान जोखिममा परेकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
आइतबार खाँदबारी– १ बस्ने ३३ वर्षीया प्रभा ढुंगानालाई जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएकोमा अचानक अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताए।
उनका अनुसार सुत्केरी बेथा लागेपछि ढुंगानालाई आइतबार बिहान सवा १० बजे जिल्ला अस्पतालमा अप्रेसन गरी प्रसूति गराइएको थियो। अप्रेसनपछि अत्यधिक रक्तस्राव भई ज्यान जोखिममा परेपछि दिउँसो पौन ४ बजे राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत हेलिकोप्टरबाट थापाथली प्रसूति गृह काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क