जनकपुरधाम : संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुन वार्ता भएको छ । गृहमन्त्री सुधन गरुङग आज जनकपुरस्थित यात्री निवासमा बसेको वार्तामा पुन मौखिक सहमति भएको छ ।
पुन केही बुँदा थपेर १८ बुँदा पुर्याइएको बताइएको छ । मागपत्र गृहमन्त्री गुरुङलाई मोर्चाको तर्फबाट पेश गरिएको छ । यद्यपि शनिबार राति भएको वार्ताको १३ बुँदालाई स्पष्ट पार्ने काम वार्ताबाट भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बताए ।
‘हिजोको विषयमा केही अस्पष्ट, लेटरप्याडमा हस्ताक्षरको कुरामा अस्पष्ट रहेको कुराहरू उहाँहरूले राख्नु भयो,’ उनले भने, ‘गृहममन्त्रीजीले आफ्ना कुरा राखेर वार्ता टुंगियो । यो वर्ता १३ बुँदामा क्लियारिटी हो । मिडियामा जुन कुराहरू आएको छ, त्यसबारे गृहमन्त्रीज्यूले स्पष्ट पार्नुभयो । उहाँहरू सन्तुष्ट हुनु भएको छ । आन्दोलनको कार्यक्रम फिर्ता लिनु भएको छ ।’
हिन्दू सम्राट सेनाको केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले केही केही कुराहरू सच्याएको बताए । वार्ता सकिएपछि सञ्चारकर्मीको जिज्ञासामा उनले ‘केही कुराहरू सच्याइएको छ । मागहरू सम्बोधन गर्ने गृहमन्त्रीजीले आश्वासन दिनु भएको छ । अब गृहमन्त्रीले काहीकतैपनि गोली हान्न सक्नुहुन्न भनेर प्रतिबद्धता गर्नु भएको छ ।’
शनिबार राति गृहमन्त्रीलाई पेश गरिएको १३ बुँदे मागपत्रमा भने पहिलो नम्बरमा हिन्दू राष्ट्र कायम गर्ने र अन्तिममा आन्दोलनको कार्यक्रम फिर्ता लिने लगायतको बुँदा उल्लेख थियो ।
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु