काठमाडौं : दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन् । रोचक के छ भने, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ता संयोजक’ पदमा कार्यरत छिन् ।
शनिबार बेलुका सम्पन्न प्रतिस्पर्धात्मक फिनालेमा ढकालले तीन राष्ट्रिय कीर्तिमान रचिन् ।
पहिलो– मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली । अहिलेसम्म थुप्रै गैरआवासीय नेपाली युवतीले मिस नेपालमा प्रतिस्पर्धा गरेपनि उपाधि जित्न सकेका थिएनन् ।
विद्यार्थी भिसामा पढ्न गएकाहरू फर्किएर मिस नेपालको उपाधि जितेको भएपनि विदेशमै स्थायी बसोबास गर्ने (एनआरएनएको दोस्रो पुस्ता ) ले उपाधि जितेको थिएनन् ।
दोस्रो कीर्तिमान – मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरसँग अनुबन्धित डायस्पोराको उपाधि पनि जितेर लगातार मिस नेपालको मुख्य उपाधि जित्नु पनि यो पहिलोपटक हो । मिस नेपालमा दीपमालाको प्रवेश मिस नेपाल हङकङको उपाधि जितेसँगै पक्का भएको हो ।
डायस्पोराको उपाधि जितेयता लगातार मिस नेपालकै उपाधि जितेको यो पहिलो घटना हो ।
तेस्रो कीर्तिमान– दीपमाला ग्रान्ड फिनालेमा ४ सहविधा जित्ने पहिलो प्रतियोगी बनिन् । यसअघि एकैजनाले यति धेरै सहविधा जितेका थिएनन् ।दीपमालाले मिस भिजिनरी ग्रीन, मिस हेल्थ हार्मोनी, मिस कन्फिडेन्स र ब्यूटी विथ पर्पसजस्ता महत्वपूर्ण सहविधा जितिन् । केही विधाको जितले उनलाई सिधै सेमीफाइनलमा प्रवेश गरायो भने ‘ब्युटी विथ पर्पस’ले उनलाई आगामी मिस वर्ल्डको तयारी गर्न सहज हुने बुझ्न सकिन्छ ।अर्कोतर्फ, एनआरएनएमा ‘दोस्रो पुस्ता’ भन्नाले विदेशमा जन्मिएका वा हुर्किएका नेपाली मूलका बालबालिका तथा युवालाई बुझिन्छ, जो नेपालसँग भावनात्मक, सांस्कृतिक र साङ्गठनिक रूपमा जोडिन चाहन्छन् ।
त्यसको प्रतिनिधित्व दीपमालाले गरेकी छन् । हङकङमा हुर्किएर, उतै अध्ययन गरेकी दीपमालाको मिस नेपालको यात्रा पछाडि भने आमाले थालेको ब्यूटी पेजेन्टको विरासत लुकेको छ ।
उनकी आमा रोशनीले सन् १९९४ मा मिस नेपालमा प्रतिस्पर्धा गरेकी थिइन् । उपाधि जित्ने आमाको अधुरो सपनालाई छोरी दीपमालाले पूरा गरिदिएकी छिन् । आमाको विरासत उनको मिस नेपाल प्रतिस्पर्धासँग जोडिएको छ ।
उनको जितमा गैरआवासीय नेपाली संघले पनि उत्साहजनक प्रतिक्रिया दिएको छ । एनआरएनए उपाध्यक्ष रोजिना प्रधान दीपमालाको जितले गौरवशाली पारिवारिक इतिहासको निरन्तरता पाएको र गैरआवासीय नेपालीको ठूलो उपलब्धि रहेको प्रतिक्रिया दिएकी छन् ।
अब दीपमालासहित मिस नेपाल इन्टरनेसनल आर्या निशान्त र मिस नेपाल कस्मो कशिश सुब्बाले आयोजक संस्था द हिडन ट्रेजरको मातहत रहेर एकवर्ष काम गर्नुपर्ने हुन्छ । यसबाहेक, दीपमाला अर्को वर्षको मिस वल्र्डको तयारीमा जुट्नुपर्ने हुन्छ । साथै, आर्याले जापानमा हुने मिस इन्टरनेसनल र कशिशले भियतनाममा हुने मिस कस्मोको प्रतिस्पर्धामा जानुपर्ने हुन्छ ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क