logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    इरानद्वारा तेल आपूर्तिमा गम्भीर असर पार्ने चेतावनी

    इरानद्वारा तेल आपूर्तिमा गम्भीर असर पार्ने चेतावनी

    महिला मुक्ति
    १६ साउन २०८३
    117
    Shares

    काठमाडौँ :  इरानले समुद्री नाकाबन्दी नरोकिए विश्वको तेल आपूर्तिमा गम्भीर असर पार्ने चेतावनी दिएको छ। इरानको राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाद्वारा आफ्ना दक्षिणी बंदरगाहहरूमा लगाइएको समुद्री नाकाबन्दी जारी रहेमा त्यसले विश्वभरको ऊर्जा तथा तेल आपूर्तिमा गम्भीर असर पार्ने चेतावनीदिएको छ।
    परिषद्ले नाकाबन्दी नरोकिए होर्मुज स्ट्रेटमाथि आफ्नो नियन्त्रण अझ कडा पारिने चेतावनी दिएको छ। साथै, यसबाट अन्य सामुद्रिक मार्गहरू पनि प्रभावित हुन सक्ने संकेत गरिएको छ । यद्यपि, जारी गरिएको वक्तव्यमा अन्य कुनै पनि स्ट्रेटको नाम भने खुलाइएको छैन। ‘अल जजीरा’का अनुसार इरानको यो संकेत बाब अल-मंदेब स्ट्रेट र गल्फ अफ एडेनतर्फ रहेको मानिएको छ, जहाँ तेहरानका निकटतम सहयोगी मानिने हुथी विद्रोहीहरूको बलियो प्रभाव रहेको छ।
    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आफूलाई अब कुनै पनि किसिमको विश्वास नरहेको स्पष्ट पारेका छन्। क्याम्प डेविडमा आयोजित मन्त्रिपरिषद्को बैठकका क्रममा ट्रम्पले भने, ‘इरानले झूट बोल्छ, गलत जानकारी दिन्छ। उनीहरू वार्ताको कुरा त गर्छन्, तर बारम्बार आफ्ना वाचाबाट पछि हट्छन्।’
    यद्यपि, ट्रम्पले दुई देशबीचको वार्ता भने अझै पूर्ण रूपमा नटुटेको र जारी रहेको खुलाएका छन्। अर्कातर्फ, इरानका एक वरिष्ठ अधिकारीले यदि अमेरिकाले सैन्य आक्रमण गरेमा त्यसको पूर्ण तयारीका साथ कडा जवाफ दिइने चेतावनी दिएका छन्। उनका अनुसार इरानको प्रतिआक्रमणमा अमेरिका र इजराइलका महत्त्वपूर्ण सैन्य ठेगाना तथा पूर्वाधारहरू मुख्य निशाना बन्नेछन्। – एजेन्सी


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com