काठमाडौँ : बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी आज नेपाल आएकी छन् । उनको नेपाल भ्रमण कुनै चलचित्रको प्रचार, छायाङ्कन वा व्यक्तिगत बिदाका लागि होइन, बरु नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विश्वसामु चिनाउने उद्देश्यले आयोजना गरिएको हो ।
भारतको अग्रणी इभेन्ट तथा बेडिङ उद्योगको संस्था (EMF Global) ले पहिलो पटक नेपालमा आयोजना गरेको १३औँ EMF ACE Global Convention & Awards 2026 मा सहभागी हुन शिल्पा काठमाडौँ आएकी हुन् । साउन १५ देखि १७ गतेसम्म द सोल्टी काठमाडौँमा सञ्चालन हुने सम्मेलनमा भारतसहित सात देशका करिब ५५० जना इभेन्ट व्यवस्थापक, बेडिङ प्लानर, पर्यटन व्यवसायी, लगानीकर्ता तथा आतिथ्य क्षेत्रका प्रतिनिधिहरू सहभागी हुँदैछन्।
विश्वभर चर्चित बलिउड अनुहार शिल्पा शेट्टीको सहभागिताले सम्मेलनलाई अन्तर्राष्ट्रिय आकर्षण थप्ने विश्वास आयोजकको छ। सम्मेलनमार्फत नेपाललाई लक्जरी बेडिङ, अन्तर्राष्ट्रिय सम्मेलन, कर्पोरेट इभेन्ट र प्रोत्साहन भ्रमणका लागि उपयुक्त गन्तव्यका रूपमा विश्व बजारमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
सम्मेलनका सहभागीहरूले काठमाडौँसँगै पोखरा, चितवन र जनकपुरको पनि भ्रमण गर्नेछन्। यसबाट नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक पर्यटन, स्तरीय होटल तथा आतिथ्य सेवाको प्रत्यक्ष अनुभव अन्तर्राष्ट्रिय इभेन्ट उद्योगका निर्णयकर्ताहरूले गर्नेछन्, जसले भविष्यमा नेपालमा ठुला अन्तर्राष्ट्रिय कार्यक्रम तथा गन्तव्य विवाह आयोजना हुने सम्भावना बढाउने अपेक्षा गरिएको छ।
शिल्पा शेट्टीसँगै सम्मेलनमा बलिउड अभिनेता शक्ति कपूर, विक्रान्त मेसी तथा नेपाली अभिनेत्री मनीषा कोइरालाको पनि सहभागिता रहनेछ। मनोरञ्जन क्षेत्रका यी चर्चित व्यक्तित्वहरूको उपस्थितिले नेपालमा आयोजना भइरहेको सम्मेलनलाई थप अन्तर्राष्ट्रिय चर्चा दिलाउने अपेक्षा गरिएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार यस्ता सम्मेलनले तत्काल होटल, ट्राभल, इभेन्ट व्यवस्थापन, यातायात र अन्य सेवा क्षेत्रमा आर्थिक गतिविधि बढाउनुका साथै दीर्घकालमा नेपाललाई अन्तर्राष्ट्रिय माइस तथा डेस्टिनेशन बेडिङ बजारको प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क