logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पार्टीभित्र र राष्ट्रिय राजनीतिमा सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी : गगन थापा

    पार्टीभित्र र राष्ट्रिय राजनीतिमा सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी : गगन थापा

    महिला मुक्ति
    ५ साउन २०८३
    189
    Shares

    काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारो’ र ‘काला’ दिन भएको टिप्पणी गरेका छन् ।
    मंगलबार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तकबुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
    उनले उक्त अवधीमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी भएको बताए । राजनीतिक दलका नेताहरूले सत्ता र शक्तिको लागि नागरिकका सबै समस्या र राष्ट्रिय मुद्दा सबै कुराको तिलाञ्जली दिएको आरोप पनि लगाए ।
    २०७२ सालदेखि २०८२ सालसम्मको १० वर्ष नेपाली काँग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि ती अध्याँरो वर्षहरू भए । ती काला दिनहरू भए । जसभित्र केवल सत्ता, सत्ता, सत्ता । शक्ति, शक्ति, शक्ति, । त्यसका निम्ति सम्पूर्ण कुराको तिलाञ्जली दिइयो,’थापाले भनेका छन् ।उनले आफू पार्टीको सिद्धान्तसँग अडिग रहेको कारण निरन्तर संघर्ष गर्दै यहाँसम्म आइपुगेको पनि बताए । उनले पछिल्ला १० वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको पनि बताए ।
    म त सिद्धान्तको लागि सास्ती खानुपर्छ । असिद्धान्तको लागि आठ वर्ष झ्याल खाना बस्नुपरे पनि बस्छु, झुण्डिनुपरे पनि झुण्डिन्छु भन्ने कुरा पढेर, बुझेर र बनेर आएको कार्यकर्ता हो नि,’ थापाले भनेका छन्, ‘तपाईं पनि त्यही हो । हामी सबै त्यही हो । तर गएका दश वर्षभित्र कुनै अनवजवानले कहाँको काँग्रेसको कुरान गरेको भन्यो भने मले उसलाई के भन्ने ?


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com