logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    इरानी आक्रमणमा १०० अमेरिकि सैनिक घाइते

    इरानी आक्रमणमा १०० अमेरिकि सैनिक घाइते

    महिला मुक्ति
    ५ साउन २०८३
    171
    Shares

    काठमाडौँ :  अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) का प्रवक्ता सीन पार्नेलले जुलाई ७ यता इरानले गरेका जवाफी आक्रमणमा आफ्ना १०० सैनिक घाइते भएको स्वीकार गरेको छन्। उनले भनेका छन्, ‘ती सैनिक जुलाई ७ पछि भएका आक्रमणमा घाइते भएका हुन्। यीमध्ये ९६ जना निको भएर ड्युटीमा फर्किसकेका छन्।’ उनले थपे,‘धेरैजसोलाई टाउकोमा सामान्य चोट लागेको थियो।’
    न्युयोर्क टाइम्सले अमेरिकाको रक्षा मन्त्रालयले इरानसँगको युद्धमा घाइते भएका अमेरिकी सैनिकको जानकारी लुकाएको भनी रिपोर्ट प्रकाशन गरेपछि पेन्टागनका प्रवक्ताले यससम्बन्धी तथ्यांक सार्वजनिक गरेका हुन्।
    यसैबिच अमेरिका र इरानबिच हानाहान जारी छ। सोमबार राति पनि इरानले अमेरिकी सैन्य अड्डा रहेका देशमा हमला गरेको छ। जसको जवाफमा अमेरिकाले मंगलबार बिहान इरानका नौ सहरमा हवाई आक्रमण गरेको छ।
    इरानको श्रम समाचार एजेन्सीका अनुसार अमेरिकाले इरानका अबदान, बन्दर अब्बास, बन्दर लेन्गेह, बुसेहर, चाबहार, केसम टापु, सिरिक, सिराज र कोनारकमा हमला गरेको हो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com