काठमाडौँ : सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् ।
सामाजिक सुरक्षा कोषका अनुसार सूचीकृत रोजगारदाताको संख्या २३ हजार ४ सय ९० पुगेको छ । सूचीकृत योगदानकर्ताको संख्या ३० लाख ४३ हजार २ सय पुगेको हाे । कोषले २१ अर्ब २७ करोड एक लाख २० हजार २ सय ५२ बराबरकाे दावी भुक्तानी गरेको छ ।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावीतर्फ तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४ सय ६२ उपलब्ध गराइएको छ ।दुर्घटना तथा अशक्तता सुरक्षा दावीतर्फ ३० करोड ४६ लाख ६ हजार ५ सय १४, आश्रित परिवार सुरक्षा दावीतर्फ ३८ करोड चार लाख २५ हजार २ सय १६ र अवकाश दावीतर्फ १७ अर्ब ६ करोड ४५ लाख ४१ हजार ६१ बराबर रकम उपलब्ध गराइएको हाे ।
पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ। कोषले पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रमसमेत अगाडि बढाइएकाले कोषप्रति आम मानिसको चासो बढ्दै गएको जनाएकाे हाे ।
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना