हेटौंडा : नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गरेका छन् ।
आज एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । एमालेका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापाले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने गरि सामूहिक राजीनामा दिने तयारी भएको जानकारी दिए ।
उनकाअनुसार सबै मन्त्रीहरू हेटौंडा बाहिर रहेकाले एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयले इमेलमार्फत सामूहिक राजीनामा बुझाउने तयारी गरेको छ ।
बागमती प्रदेश सरकारमा एमालेबाट नेतृत्व गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा।दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेका थिए ।जसमध्ये मन्त्रीद्दय थापा र केसीको मन्त्रालय खारेजीमा परेपछि उनीहरूलाई मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार विना विभागीय जिम्मेवारी दिएका थिए ।
शुक्रबार नै उनीहरूलाई खारेजमा परेका मन्त्रालयको विषयगत भूमिका हेर्ने गरि सम्बन्धित मन्त्रालयको थप जिम्मेवारी दिएका थिए ।
एमालेका मन्त्रीहरूले ३२ असारमै सामूहिक राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका थिए । एमाले पार्टी केन्द्रको निर्देशनपछि उनीहरूले राजीनामा बुझाएका थिएनन् ।
मुख्यमन्त्री बानियाँले १ साउनदेखि कायम हुने गरि ६ वटा मन्त्रालय खारेज गरेका थिए । १४ वटाबाट घटाएर उनले ८ वटा मात्रै मन्त्रालय यथावत राखेका हुन । गत २२ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै रहने व्यवस्था आज ९१ साउन २०८३० देखि लागू गरिएको थियो ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क