काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कोशी प्रदेश (विराटनगर, मोरङ) ले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूबाट ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल (टी.एम.पी.) प्रमाणपत्रका लागि तोकिएकोभन्दा बढी शुल्क नलिन सम्बन्धित विद्यालयहरूलाई निर्देशन दिएको छ। कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा कक्षा १२ उत्तीर्ण विद्यार्थीका लागि ट्रान्सक्रिप्ट (Transcript), माइग्रेसन (Migration) र प्रोभिजनल (Provisional) प्रमाणपत्र उपलब्ध गराउँदा राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको शुल्क मात्र लिनुपर्ने उल्लेख गरिएको छ।
बोर्डका अनुसार उक्त तीनवटै प्रमाणपत्रका लागि प्रतिविद्यार्थी रु. १,५०० मात्र शुल्क तोकिएको छ। तर, केही विद्यालयले तोकिएकोभन्दा बढी रकम असुल गरिरहेको भन्दै सरकारको जनगुनासो सुनुवाइ संयन्त्र ‘हेलो सरकार’ मा उजुरी परेपछि बोर्डले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। बोर्डले सबै विद्यालयलाई निर्धारित शुल्कभन्दा बढी रकम नलिन तथा विद्यार्थीलाई अनावश्यक आर्थिक भार नपार्न निर्देशन दिँदै नियमविपरीत अतिरिक्त शुल्क असुलिएको पाइए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने संकेत गरेको छ।
परीक्षा बोर्डको यो निर्देशनसँगै कक्षा १२ उत्तीर्ण विद्यार्थी तथा अभिभावकलाई तोकिएको शुल्कभन्दा बढी रकम मागिएमा सम्बन्धित निकायमा उजुरी गर्नसमेत आग्रह गरिएको छ।
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु