logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

    घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

    महिला मुक्ति
    २९ असार २०८३
    414
    Shares

    कालिकोट :  कालिकोटमा पानी घट्नमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६, का लालबहादुर साउद र मन्दिर साउन रहेका छन् ।
    सान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहका अनुसार सोही वडाको भुवारिपाटा भन्ने ठाउँमा रहेको पानी घटना उनीहरू सोमबार पिठो पिस्न गएका थिए ।
    एक्कासि माथिबाट पहिरो आएर घट्टसहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीय र मेहलमुडी प्रहरी चौकीको टोली पुगेर उद्धारमा खटिएको पनि सिंहले बताइन् ।
    घटनाबारे थप विवरण भने आउन बाँकी छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com