logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नेपाल आफ्नो स्थापित नीतिमा अडिग छ : परराष्ट्र प्रवक्ता पौडेल

    नेपाल आफ्नो स्थापित नीतिमा अडिग छ : परराष्ट्र प्रवक्ता पौडेल

    महिला मुक्ति
    २६ असार २०८३
    126
    Shares

    काठमाडौं :  सरकारले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
    शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएको हो ।
    केही दिनअघि नेपालमा दलाइ लामको जन्मदिन मनाउन सरकारले अनुमति दिएसँगै संसद्‍मा नेपाल एक चीन नीति विपरीत गएको हो रु भन्दै प्रश्न उठेको थियो ।
    सोही प्रश्नको जवाफमा सरकारले नेपाल आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।
    उनले नेपालले नेपालको भूमि कुनै पनि मित्र राष्ट्रको हित विपरीत प्रयोग हुन नदिने बताए ।
    उनले भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग छ । हामी हाम्रो भूमि कुनै पनि मित्र राष्ट्रको हित विपरीत प्रयोग हुन नदिने र नहुने विषयमा प्रतिबद्ध छौँ । सोही प्रतिबद्धता बमोजिम सरकारको नीति र सरकारको अडान यथावत छ ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com