काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार भाउ घटाउन कडा निर्देशन दिएकी छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित विशेष बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने स्पष्ट पारिन् ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसायी महासंघ र चामल, दाल, तेल व्यवसायी महासंघका अध्यक्ष एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यवसायिक समस्या र गुनासोहरू मन्त्रीसमक्ष राखेका थिए।
व्यवसायीका गुनासा सुनेपछि मन्त्री यादवले अहिलेको अनियन्त्रित बजार भाउका कारण सर्वसाधारण नागरिकहरू चरम मारमा परेको उल्लेख गर्दै कुनै पनि बहानामा ढिलाइ नगरी मूल्य घटाउन निर्देशन दिइन् । उनले नुन, तेल, चामलदेखि हरियो तरकारीसम्म अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरणलाई सहज बनाउँदै तत्कालै बजारको वास्तविक अवस्था हेरेर भाउ घटाउन आग्रह गरिन् ।
सरकार र प्रधानमन्त्रीको समेत जोडदार चासो रहेकाले बजारलाई यथाशक्य चाँडो उपभोक्ता मैत्री बनाउन मन्त्रालय लागिपर्ने उनको भनाइ थियो ।
मन्त्रीको निर्देशन र बजारको वस्तुस्थितिलाई बुझ्दै बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले पनि यस विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरूले आम उपभोक्तालाई राहत दिने गरी बजार मूल्य घटाउने कार्यमा सरकारलाई पूर्ण सहयोग गर्ने र आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।उक्त महत्त्वपूर्ण बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवहरू तथा आपूर्ति व्यवस्थापन सम्वन्धी संस्थानका प्रमुखहरूको समेत उपस्थिति थियो । कार्यक्रमको प्रारम्भमा सहसचिव एवम् प्रवक्ता नेत्र सुवेदीले उपभोक्ता संरक्षण ऐनका प्रावधानबारे संक्षिप्त प्रस्तुति राखेका थिए ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क