दाङ : घरछेउमै निःशुल्क स्वास्थ्य उपचार दिन थालेपछि घोराहीका महिलाको स्वास्थ्यमा सुधार हुन थालेको छ । घोराही उपमहानगरपालिका–११ शिवपुर निवासी ६० वर्षीया महिलालाई तल्लो पेट दुख्ने, ढाड, कम्मर दुख्ने समस्या भएको थियो । घरको कामले फुर्सद नभएर उनी अस्पताल गइनन् ।
घर नजिकै घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा गइन् । त्यहाँ पुगेपछि उहाँको पाठेघरमा घाउ भएको पत्ता लाग्यो । उपचारमा गएका स्वास्थ्यकर्मीले औषधिले निको हुन्छ नआत्तिनुहोला भनी सम्झाइबुझाई गरी औषधि दिएर पठाए । घरछेउमा स्वास्थ्य सेवा पाएपछि खुसी लागेको पोखरेलले बताइन् ।
घोराही उपमहानगरपालिका–१३ कलमघारीका ६३ वर्षीया महिलालाई पिसाब नरोकिने, ढाड दुख्ने, जीउ दुख्ने र खान मन नलाग्ने समस्या थियो । उपचारका लागि जाने फुर्सद नभएकाले अस्पताल नगएको उनले बताइन् । घरछेउमा आएको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि आएको र स्वास्थ्यकर्मीले औषधि दिएकोले निको हुने आशा उनले व्यक्त गरिन् ।
घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखाका अनुसार पछिल्लो चार वर्षमा घोराहीमा पाठेघरको मुखको क्यान्सर रोगका कारण ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ । समयमै स्क्रिनिङ गराउँदा सयौँले ज्यान जोगाएका छन् ।
बितेको चार वर्षको तथ्याङ्कले घोराही उपमहानगरपालिकामा ४८८ जनामा पाठेघरको मुखको क्यान्सरको शङ्कास्पद लक्षण फेलापरेको छ । घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखाले १९ वटै वडामा सञ्चालन गरेको शिविर र संस्थागत परिवार नियोजन क्लिनिकबाट ४८८ महिलाको पाठेघरमा क्यान्सरको लक्षण फेलापरेको हो । महिलाहरूको स्वास्थ्य संरक्षणका लागि उपमहानगरले आर्थिक वर्ष २०७९र८० देखि पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्दै आएको छ ।
चार आर्थिक वर्षमा घोराहीले १९ वटै वडाका विभिन्न क्षेत्रमा पुगेर १६ हजार ७४१ महिलाको पाठेघर परीक्षण गर्यो । त्यही परीक्षणमा ४८८ महिलाको पाठेघरमा क्यान्सरको शङ्कास्पद लक्षण फेलापर्यो । तथ्याङ्कअनुसार आव २०७९र८० मा कुल पाँच हजार ८०९ महिलाको पाठेघर परीक्षण गरियो । तीमध्ये ११६ महिलामा क्यान्सर पोजेटिभ देखियो ।
आव २०८०र८१ मा तीन हजार ६६५ महिलाको पाठेघर जाँच गर्यो । जसमा ८८ जनाको पाठेघरमा पोजेटिभ देखियो । यस्तै आव २०८१र८२ मा पाँच हजार २६० जनामा गरिएको परीक्षणबाट १६४ जनामा शङ्कास्पद लक्षण भेटिएको थियो भने चालु आव २०८२र८३ मा दुई हजार सात जनाको पाठेघर जाँच गर्दा १२० जनामा पोजेटिभ देखिएको घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिइन् ।
समयमै समस्या पत्ता लाग्दा खर्च पनि कम हुने र निको पनि पार्न सहज हुने कुरालाई हामीले सबै महिलाहरूलाई सजग गराउँदै जाँदा उपचारका लागि आउनेको सङ्ख्या बढेको शाखा प्रमुख पौडेलले जानकारी दिइन्।
घोराहीले अहिले गाउँघरमै पुगेर निःशुल्क शिविर चलाउने, संस्थागत परिवार नियोजन क्लिनिक र लक्ष्मीपुर स्वास्थ्यचौकीमा पाठेघरको मुखको क्यान्सर जाँच गर्ने व्यवस्था मिलाएको छ । हरेक बिहीबार संस्थागत परिवार नियोजन क्लिनिक र हरेक महिनाको पहिलो सोमबार लक्ष्मीपुर स्वास्थ्यचौकीबाट पाठेघरको मुखको क्यान्सरको जाँच भइरहेको प्रमुख पौडेलले जानकारी दिइन् । गम्भीर समस्या देखिए सम्बन्धित अस्पतालहरूमा रिफर गर्ने गरिएको उनले बताइन् ।
घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले दैनिकजसो आफ्नो टेबुलमा क्यान्सरपीडित महिला आउन थालेपछि रोग लागेर उपचार गर्नुभन्दा रोग समयमै पत्ता लगाउने अभियान चलाएको बताइन् ।
“आव २०७९र८० देखि पाठेघरको मुखको क्यान्सर जाँच अभियान थाल्यौँ”, उपप्रमुख डिसीले भनिन्, “केहीलाई त बचाउन सकिएन, तर समयमै जाँच भएर उपचार गर्दा धेरैले नयाँ जीवन पाउनुभएको छ । त्यसैले पाठेघरको मुखको क्यान्सर जाँचलाई अभियानकै रूपमा आगामी दिनमा पनि सञ्चालन गछौँ ।”
– रासस
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क