काठमाडौं : दैलेखकको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना भई बेपत्ता गाडी तथा यात्रुको खोजीकार्य जारी छ ।
बेपत्ता यात्रु र गाडीको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट आज दिउँसो साढे १ बजे ६ जना गोताखोरसहितको थप टोली परिचालन गरिएको हो।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट अन्दाजी ६र७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।बिहान साढे ११ बजे दुर्घटना भएको खबर पाउनासाथै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको थियो ।
साथै दुर्घटना स्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको छ ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क