logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एमालेनेता पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

    एमालेनेता पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

    महिला मुक्ति
    १५ असार २०८३
    189
    Shares

    काठमाडौँ :  विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
    सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप तीन दिन म्याद थपको अनुमति दिएको हो ।
    पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । विशेष अदालतले यसअघि असार ८ देखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो । अदालतले दिएको उक्त म्याद असार १४ गते सकिएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com