logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    विभागले उजुरी फर्छ्यौट नगर्ने म्यानपावर कम्पनीको नवीकरण रोक्ने

    विभागले उजुरी फर्छ्यौट नगर्ने म्यानपावर कम्पनीको नवीकरण रोक्ने

    महिला मुक्ति
    १३ असार २०८३
    261
    Shares

    काठमाडौँ : वैदेशिक रोजगार विभागले उजुरी फर्छ्यौट नगर्ने म्यानपावर कम्पनीको नवीकरण नगर्ने भएको छ । त्यस्ता कम्पनीले आउँदो साउन १ देखि वैदेशिक रोजगारमा श्रमिक पठाउन पाउने छैनन् ।
    विभागले वर्षौंदेखि थाती राखेको उजुरीलाई अन्तिम किनारा लगाउन उजुरी फर्छ्यौट गर्न म्यानपावरको नवीकरण नगर्ने नीति लिएको हो । ‘विभागले मुद्दा तथा अनुसन्धान कामलाई छिटोभन्दा छिटो टुंग्याउन खोजेको हो,’ विभागकी महानिर्देशक मीरा आचार्यले भनिन्, ‘अहिले नवीकरण गर्ने बेला छ । त्यो नवीकरण गर्ने बेलामा उजुरी फरफरक भएन भने नवीकरण हुँदैन ।’
    विभागले यसबारे म्यानपावर व्यवसायीलाई जानकारी दिइसकेको छ । विभागमा २०५७ सालदेखिका उजुरी थाती छन् । त्यस्तो उजुरी संस्थागत र व्यक्तिगत झन्डै ४४ हजार वटा छन् । सबैभन्दा बढी व्यक्ति छ ।
    म्यानपावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ । ठगीमा परेका श्रमिकले व्यक्तिविरुद्ध उजुरी गर्ने गरेका छन् ।
    विभागलाई सबैभन्दा ठूलो चुनौती नै व्यक्तिगत ठगीलाई फर्छ्यौट गर्नु हो । मेलमिलापबाट फर्छ्यौट गर्न नसकेमा विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा पेस गर्ने गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com