logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ट्रम्पद्वारा इरानले परमाणुस्थल निरीक्षण नगराए वार्ता रद्द गर्ने चेतावनी

    ट्रम्पद्वारा इरानले परमाणुस्थल निरीक्षण नगराए वार्ता रद्द गर्ने चेतावनी

    महिला मुक्ति
    १० असार २०८३
    288
    Shares

    काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणुस्थल निरीक्षण गर्न नदिइए वार्ता बन्द गर्ने चेतावनी दिएका छन् । इरान पहिले नै यो शर्तमा सहमत भइसकेको भन्दै उनले इरानका परमाणु स्थलहरूको अन्तर्राष्ट्रिय निरीक्षण अनुमति दिनुपर्ने बताए ।
    पेन्सिलभेनियामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने- ‘यदि उनीहरू यो कुराबाट पछि हटे भने म अहिले नै वार्ता रद्द गरिदिन्छु ।’
    स्वीटजरल्याण्डमा हालै भएको अमेरिका र इरानका अधिकारीहरुबीचको वार्तामा अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा ६० दिनका लागि हटाउने र १२ अर्ब डलर बराबरको कोष फुकुवा गर्ने सहमति भएको थियो । साथै इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुन: आफ्नो देशमा प्रवेश गर्न दिने सहमति भएको जनाइएको छ । यसबीचमा स्थायी युद्धविरामको प्रयासमा थप वार्ताहरु गर्ने सहमति पनि भएको थियो ।
    ट्रम्पका अनुसार संयुक्त राष्ट्रसंघीय परमाणु निकाय आईएईएका अधिकारीहरू उचित समयमा इरान पुग्नेछन् र त्यहाँको परमाणु कार्यक्रमको निगरानी गर्नेछन् । यद्यपि उनले निरीक्षण कहिले सुरु हुन्छ भन्ने स्पष्ट जानकारी भने दिएका छैनन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com