काठमाडौँ : प्रधानसेनापति अशोक राज सिग्देलले नेपाली सेनाका ३७ जना सकलदर्जालाई प्रधानसेनापति प्रशंसा निशानु तथा कदर पत्र प्रदान गरेका छन् ।
बिहीबार जङ्गी अड्डामा आयोजित एक विशेष सुशोभन कार्यक्रमका बिच प्रधानसेनापतिले व्यावसायिक दक्षता र कार्यकुशलता प्रदर्शन गर्ने सैनिकहरूलाई सम्मान गरेका हुन् ।
आफ्नो जिम्मेवारीलाई उच्च पेसागत मर्यादा, व्यावसायिक चरित्र र सैनिक मूल्य मान्यता अनुरूप उत्कृष्ट ढङ्गले पूरा गर्ने सैनिकहरूको कदर स्वरूप यो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
विशेष गरी संवेदनशील र चुनौतीपूर्ण अवस्थामा संयमित रहेर परिस्थितिको सही मूल्याङ्कन गर्दै कर्तव्य पालना गर्ने सैनिकहरू यस पटक सम्मानित भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सेनाले यस्ता सम्मानले राष्ट्रसेवक सैनिकहरूको मनोबल उच्च बनाउनुका साथै संगठनप्रतिको जिम्मेवारी बोधलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते