logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    श्रीमतीको हत्या आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

    श्रीमतीको हत्या आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

    महिला मुक्ति
    २३ जेष्ठ २०८३
    270
    Shares

    काठमाडौं : ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
    काठमाडौंको तारकेश्वर नगरपालिका(६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ ।
    विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ । शुक्रबार राति १०स्१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।
    आरोपी थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ । पक्राउ परेका थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com