काठमाडौं : अर्थमन्त्री सुवर्ण शमशेरले २००८ सालमा नेपालको पहिलो बजेट ल्याएका थिए ।
शमशेरद्धारा प्रस्तुत बजेटमा उल्लेख गरियको छ । भइरहेको सम्पत्तिलाई बराबरीमा ल्याई वितरण गर्नुभन्दा बढ्ता मुलुकका साधनहरूको विकास गरेर सम्पत्ति बढाउनुमा नै आर्थिक संवृद्धि रहन्छ म भन्ने मान्दछु । तर मुलुकको सम्पत्ति बढाउँदा धनी र गरिबकाबीचको अन्तरलाई झन् बढ्न नदिई क्रमशः साँघुरो बनाउँदै ल्याउनुपर्छ ।’
माथि उद्धरण गरिएको पङ्क्ति बाटै थाहा हुन्छ कि मुलुकको पहिलो बजेटले कस्तो नीति लिएको थियो । अर्थमन्त्री सुवर्ण शमशेरले २००८ साल माघ २१ गते मुलुकको पहिलो बजेट ल्याएका थिए । यसअघि वार्षिक बजेट ल्याउने परिपाटी थिएन ।
तत्कालीन समयमा कूल ५ करोड २५ लाख रुपैयाँ बराबरको वार्षिक बजेट ल्याइएको थियो । २००८ सालदेखि २०१२ सालसम्मका सार्वजनिक बजेटले शान्ति सुरक्षा कायम राख्न, राजस्व सङ्कलन र दैनिक प्रशासन सञ्चालनलाई नै प्रमुख केन्द्रमा राखेको थियो ।
खास गरी जनताको जीवनस्तर र दैनिकीसँग मुख्य सरोकार राख्ने मुद्दालाई पहिलो प्राथमिकतामा राखेर ल्याइएको पहिलो बजेटले आर्थिक, सामाजिक तथा राजनीति नीतिलाई दरिलो बनाएको थियो ।
बजेट वक्तव्यमा अर्थमन्त्री शमशेरले लेखेका छन्, ‘अब सरकारको आर्थिक नीतिबारे म केही भन्न चाहन्छु । जनताको जीवनस्तर उठाउनु र प्रजाको सांस्कृतिक तथा सामाजिक जीवन बेहतर पार्नु सरकारको उद्देश्य छ । यो लक्ष्य पुर्याउन सामाजिक, सांस्कृतिक, आर्थिक र शासन व्यवस्था सम्बन्धी सारा कार्यक्षेत्रलाई ढाक्ने विचारपूर्वक सम्पूर्ण कार्यक्रम मिलान गरिएको एक योजना सरकारले तयार गर्नेछ’ शमशेरले थप भनेका छन्, ‘अमिल्दो र मन नपर्दो कार्य हुन दिनेछैन । हाम्रो कार्यक्रम कुनै वादको आर्थिक विचारबाट प्रभावित नभई विल्कुल थोरै समयमा ज्यादामा ज्यादा फाइदा दिने वास्तविक नीतिको आधारमा रचिनेछ । गम्भीरतापूर्वक विचार गरेर सरकारले मिश्रित आर्थिक शोषण रोक्न साराका निमित्त समान अवसर प्रदान गर्ने र धनको न्यायसङ्गत वितरण गर्ने सरकारको निर्धारित नीति छ’भनिएको छ ।
तत्कालीन समयमा निजी क्षेत्र उद्योग तथा व्यापारलाई समेत जोड दिएको बजेटले ‘निजी उद्योग र व्यापार ९प्राइभेट इन्टरपेनेरसिप० का निम्ति समेत प्रशस्त गुञ्जायस रहनेछ’ भनिएको थियो ।
वैदेशिक सहायताको विषयमा
तत्कालीन सरकारले बजेटमार्फत नै प्राप्त विदेशी आर्थिक तथा प्राविधिक सहयोगलाई स्वीकार्ने र मुलुकको हितका लागि सोको खोजी गर्ने समेत उल्लेख गरेको छ ।
पृष्ठ ३६ मा यस बारे उल्लेख गर्दै अर्थमन्त्री शमशेरले भनेका छन्, ‘हामीले सामना गर्नुपर्ने विघ्न बाधाहरु धेरै छन् । तीमध्ये एउटा आधुनिक शासन बुझेका र विविध विभागहरूको काममा तालिम पाएका कर्मचारीहरूको अभाव हो । हामीसँग विभिन्न कामहरूका निमित्त चाहिने उच्चकोटीका विशेषज्ञ र व्यावसायिक निपूर्णता प्राप्त मानिस पनि चाहिए जति छैनन् । यसकारण हामीले भारत र अन्य देशमा तालिम पाएका मानिसहरू ल्याउने प्रयत्न गरेका छौँ र प्वाइन्ट फर प्रोग्राम ९स्वीस् टेक्निकल एआईडी प्लान० कोलोम्बो इत्यादि विभिन्न अन्तर्राष्ट्रिय सहायता योजनाहरूबाट सकेसम्म फाइदा उठाउन खोजिरहेका छौँ’ बजेट वक्तव्यमा भनिएको छ ।
राष्ट्रको निर्माण गर्नुपर्ने भएकाले हामीलाई उकालो परेको छ । अतः आफ्ना जनताले उचित शिक्षा र तालिम नपाउँदासम्म हामीले अनुभवी र तालिम पाएका मानिसहरूको अन्य मुलुकबाट सहायता माग्नु अत्यावश्यक छ’ वक्तव्यमा भनिएको छ, ‘अरू देशहरूले पनि यस्तै किसिमबाट खाँचो टारेका हुनाले तालिमी मानिसहरूको सहायता माग्नु हामीले लाज मान्नुपर्ने कारण छैन’ समेत भनिएको छ ।
अर्को समस्या भौतिक साधनहरूको ९मेट्रियल सोर्सेज्० छ । यद्यपि हाम्रो मुलुकमा सबै किसिमका खनिज र अरू प्राकृतिक साधनहरू यथेष्ट मात्रामा पाइन्छन् र तिनबाट ठुलो लाभ उठाउन सकिने प्रशस्त गुञ्जायस । तथापि यस्तो सोर्सेज् प्रयोग गर्न कल पुर्जा सरसामान र अरू आवश्यकीय उपकरणहरूका निमित्त अरू देशको भर पर्न परेको उल्लेख गरिएको छ ।
विकास निर्माण तथा भौतिक पूर्वाधारको विकासमा २०१३ सालपछि मात्र योजनाबद्ध रूपमा लागेको नेपालले आर्थिक वर्ष २०१३र१४ देखि पञ्चवर्षीय योजनाको थालनी गरेको हो । प्रथम पञ्चवर्षीय योजना कार्यान्वयनमा आएपछि सोही योजनाको लक्ष्य प्राप्तिका लागि बजेट
काठमाडौं अर्थमन्त्री सुवर्ण शमशेरले २००८ सालमा नेपालको पहिलो बजेट ल्याएका थिए ।

विकास निर्माण तथा भौतिक पूर्वाधारको विकासमा २०१३ सालपछि मात्र योजनाबद्ध रूपमा लागेको नेपालले आर्थिक वर्ष २०१३र१४ देखि पञ्चवर्षीय योजनाको थालनी गरेको हो । प्रथम पञ्चवर्षीय योजना कार्यान्वयनमा आएपछि सोही योजनाको लक्ष्य प्राप्तिका लागि बजेट व्यवस्थापनको चलन सुरु भएको हो ।
_page-0002_Eztbm3n4Ku.jpg)
_page-0003_pqzBBNYTjK.jpg)
_page-0004_Wv6zsR1fZT.jpg)
_page-0005_zYy4MDQ2lC.jpg)
_page-0006_KshTZB1HbG.jpg)
_page-0007_FcbS2mqTdh.jpg)
_page-0008_C4QFQ4DRbg.jpg)
_page-0009_msIs5AQlok.jpg)
_page-0010_eHoy96lHPK.jpg)
_page-0011_dq71PI3aa7.jpg)
_page-0012_ivc39hkzhM.jpg)
_page-0013_RtK5Ln0yEz.jpg)
_page-0014_IHfwlFnxXc.jpg)
_page-0015_sGgnCIsfRi.jpg)
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क