काठमाडौँ : प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर पार्टी प्रवेश गरेका दुई नेतृलाई कांग्रेसले जिम्मेवारी दिएको छ । कांग्रेसले रास्वपा त्यागेर पार्टी प्रवेश गरेकी ममता शर्मालाई पार्टी केन्द्रीय सदस्य र उर्मिला भुर्तेललाई महिला संघको केन्द्रीय सदस्य मनोनीत गरिएको हो ।
कांग्रेस सभापति गगन थापाले मंगलबार शर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। ‘राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु भएका ममता शर्मा (बारा) लाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा ९१०० (ङ) मा व्यवस्था भए बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ,’ पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
शर्मा रास्वपाको मधेस प्रदेशकी संस्थापक अध्यक्ष पनि हुन् ।
मंगलबार नै भुर्तेललाई महिला संघकी अध्यक्ष मिनाकुमारी खरेलले संघको केन्द्रीय सदस्य मनोनीत गरेकी छन् । खरेलले ७० केन्द्रीय सदस्य मनोनीत गर्दा भुर्तेललाई १९ नम्बरमा केन्द्रीय सदस्यमा मनोनीत गरेकी हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक सदस्य थिइन् । उनी २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मधेस प्रदेशबाट एक्लो प्रत्यक्षतर्फकी उम्मेदवार पनि थिइन् ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क