logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    भाषा परीक्षा पास गरेर कोरिया जान नपाएका युवाहरूको प्रदर्शन

    भाषा परीक्षा पास गरेर कोरिया जान नपाएका युवाहरूको प्रदर्शन

    महिला मुक्ति
    ११ जेष्ठ २०८३
    243
    Shares

    काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
    भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
    भाषा तथा सीप परिक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई बर्ष म्याद थप गर्न उनीहरुले माग गरेका छन् । साथै उनीहरुले भाषा तथा सीप परीक्षा उत्तीर्ण भएकाहरुको फाइल पुन रोजगारदातासम्म पठाउन माग गरेका छन् ।
    प्रदर्शनमा सहभागीहरुले सबै कुरामा फिट भएर पनि कोरिया नलैजाने सिस्टम खारेज गर, हामीलाई आश्वासन होइन नतिजा दे भन्दै श्रममन्त्री विरुद्ध नाराबाजी गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com