logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    छोरा भेट्न अस्ट्रेलिया पुगेकी नेपाली आमाको सिड्नी विमानस्थलमै निधन

    छोरा भेट्न अस्ट्रेलिया पुगेकी नेपाली आमाको सिड्नी विमानस्थलमै निधन

    महिला मुक्ति
    १० जेष्ठ २०८३
    243
    Shares

    सिड्नी : छोरा भेट्ने नेपालबाट अस्ट्रेलियाको सिड्नी पुगेकी एक ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ।
    अस्ट्रेलियन समयअनुसार, शुक्रबार बिहान सिड्नी विमानस्थल आइपुग्ने क्रममा अचानक बेहोस भएकी ठूली कान्छी तामाङको त्यहीँ निधन भएको हो ।
    काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमानसँगै अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यअन्तर्गत पर्ने वागा वागामा बस्ने छोरा राजु तामाङलाई भेट्न त्यहाँ पुगेकी थिइन् । प्राप्त जानकारीअनुसार, विमान अवतरण भएलगत्तै विमानस्थलमा उनी अचानक अचेत भएर ढलेकी थिइन् ।
    अचेत भएर ढलेलगत्तै विमानस्थलमा रहेको मेडिकल टोलीले तत्कालै सीपीआर लगायतका प्राथमिक उपचार दिएर बचाउने प्रयास गरे पनि उनको निधन भएको हो ।
    घटनालगत्तै स्थानीय प्रहरीले वागा वागामा रहेका छोरा राजुलाई यस घटनाको जानकारी गराएको थियो।
    शव नेपाल लैजान गैरआवासीय नेपाली संघ ९एनआरएनए० अस्ट्रेलिया लगायतको सहयोगमा गो फन्ड मीबाट रकम जुटाइएको छ । गो फन्ड मीमा १५ हजार अस्ट्रेलियन डलरको लागि सहयोग आह्वान भएकोमा ४४४ जनाले १६ हजार २५१ अस्ट्रेलियन डलर डोनेट गरेका छन् ।
    रकम जुटाएसँगै शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाउने तयारी भइरहेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com