logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एमाले सचिवालय बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने

    एमाले सचिवालय बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने

    महिला मुक्ति
    १० जेष्ठ २०८३
    198
    Shares

    काठमाडौँ , नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ ।

    शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका छन् ।

    शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरूले धारणा राखेका थिए ।शुक्रबार र शनिबार बोल्ने अधिकांशले अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com