logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एमालेका अन्य नेताले पनि माग्न थाले ओलीको राजीनामा

    एमालेका अन्य नेताले पनि माग्न थाले ओलीको राजीनामा

    महिला मुक्ति
    ९ जेष्ठ २०८३
    198
    Shares

    काठमाडौँ , नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिनेहरू बढ्दै गएका छन् । शुक्रबारको सचिवालय बैठकमा पार्टी उपाध्यक्षहरूले राजीनामा मागेको विषय सेलाउन नपाउँदै अन्य नेताहरूले पनि उनलाई माग्रप्रशस्त गर्न आग्रह गरेका छन् ।

    पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले निर्वाचन पश्चात् गौरवपूर्ण इतिहास बोकेको एमाले आज कमजोर स्थितिमा पुगेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताको भावना बुझ्न जरुरी रहेको उल्लेख गरेकी छिन् ।

    सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन् अहिले पनि तपाईँले देखाउनुभएको दम्भ, घमन्ड र गुटगत सोच म उस्तै देख्छु। बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौं कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईंको मात्र पेवा होइन । एमाले तपाईँको गुटको कम्पनी पनि होइन।त्यसैले कमरेड सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com