काठमाडौं : सेन्ट्रल एसिएन भलिबल एसोसिएसन (काभा)ले आयोजना गरेको महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पाँचौँ सेटमा पराजित भएको छ। शुक्रबार त्रिपुरेश्वरको कभर्डहलमा पहिलो सेट जितेको नेपालले चौथो सेट जित्दै खेल बराबरीमा पुर्याएको थियो। पाँचौँ सेटमा नेपाल १५–९ ले पराजित भयो।
निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले पहिलो सेट २५–२१ ले जितेर अग्रता लिएको थियो। तर, लगातार दुई सेट जितेर भारत खेलमा पुनरागमन गर्न सफल भयो। दोस्रो सेट भारतले २५–२० ले जित्यो। तेस्रो सेटमा २५–१९ ले विजयी हुँदै भारत २–१ को अग्रता लिन सफल भयो। चौथो सेटमा नेपालले २५–२१ ले जित निकाल्दै सेट २–२ को बराबरी गरेको थियो।
प्रशिक्षक जगदीश भट्टले सुनिता खत्री, मीना सुनार, सलिना बुढामगर, जसना महतो र वसन्ती साउदलाई डेब्यु गराएका थिए।
यसअघि नेपाल सन् २०१९ मा भएको १३औँ दक्षिण एसियाली खेलकुद ९साग मा पनि भारतसँग फाइनलमा ३–२ ले नै पराजित भएको थियो।
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह