काठमाडौँ : संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधान न्यायाधीश डा। मनोज शर्माविरुद्ध १६ उजुरी परेका छन् । समितिले उजुरी दिनका लागि तोकेको १० दिनको समयमा डा। शर्माविरुद्ध १६ उजुरी परेका सङ्घीय संसद् सचिवालयकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन्।
संसदीय सुनुवाइ समितिको वैशाख २५ गते बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । उजुरी दिने समय आजसम्म थियो । समिति सचिवालयले उजुरी दिन हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिने व्यवस्था गरेको थियो ।
सिधै सचिवालयमा पुगेर पत्रमार्फत, सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर र ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट उजुरी दिने व्यवस्था गरेको थियो ।
उजुरी दिँदा भने विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन भनिएको थियो । जेठ ५ गते बस्ने सुनुवाइ समिति बैठकले सबै समिति सदस्यको रोहबरमा प्राप्त उजुरी खोल्नेछ । त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई वितरण गरिनेछ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क