logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    माइतीघरमा सुकुम्बासीको विरोध प्रदर्शन

    माइतीघरमा सुकुम्बासीको विरोध प्रदर्शन

    महिला मुक्ति
    ३१ बैशाख २०८३
    333
    Shares

    काठमाडौं :  सुकम्बासी, भूमिहीन, अव्यवस्थित बसोबासीस्थलमा जवरजस्ती डोजर लगाई उठिबास लगाएको भन्दै बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।
    कुनै बिकल्प पनि नदिइ सरकारले सुकम्बासी, भूमिहीन अव्यवस्थित बसोबासीस्थलमा डोजर लगाएर आफूहरुमाथि अन्याय गरेको भन्दै संयुक्त सुकुम्बासी मोर्चालगायत बिभिन्न संघसंस्थाको अगुवाइमा बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको हो ।
    प्रदर्शनमा सहभागीहरुले भूमि र आवास अधिकारको लागि निरन्तर आवाज उठाउने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले सरकारको सय कार्यसूची सार्वजनिक गर, मौलिक हक कार्यान्वयन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com