काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन नगरेको विषयमा प्रश्न गरेका छन् ।मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा प्रधानमन्त्री भए नभएको जानकारी पनि माग गरे ।
‘यो सरकारको प्रधानमन्त्री छ कि छैन, छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ?,’ उनले भने, ‘सांसदको प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन ? सांसदको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो ।’
उनले प्रश्नको उत्तर दिन नसक्ने प्रधानमन्त्री असक्षम ठहरिने पनि टिप्पणी गरे ।
‘प्रश्नको जवाफ नदिनु भनेको असक्षमता हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ?,’ उनले उनले भने, ‘जनता सरकारसँग डराएर बाँच्नु परेको छ । जनताको जीउधनको रक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न सक्ने अनि यो सरकार कसरी सफल सरकार भन्न सकिन्छ ?’
उनले भारतले सीमा क्षेत्रमा निर्माणको काम गरिरहेको विषयमा पनि सरकारलाई प्रश्न गरे ।
‘सीमावर्ती क्षेत्रमा छिमेकी सरकारले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरेको हो वा आपूखुसी गरिरहेको हो ?,’ उनले भने, ‘उदाहरण महाकालीको तटमा पारिपट्टी भइरहेको निर्माणलाई देख्न सक्छौं ।’
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क