काठमाडौँ : नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा गत हप्ता भएको झडपमा परी मृत्यु हुने जिहादी विद्रोही लडाकूको संख्या ५० जना पुगेकाे छ।
सन् २००९ देखि देशले बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आइएसडब्ल्युएपी) सँग लडिरहेको हाे। उनीहरूले यस क्षेत्रमा इस्लामिक खलिफा स्थापना गर्ने बताउँदै आएका छन् । सेनाले गत बिहीबार बुनी गारी शहरमा रहेको आफ्नो २७ औं ब्रिगेडको मुख्यालय र योबे राज्यको नजिकैको सुरक्षा जाँचस्थलमा आइएसडब्ल्युएपीसँगको झडपका क्रममा जिहादी लडाकूहरूकाे मृत्यु भएकाे हाे । झडपमा करिब ५० जना आतंककारीको मृत्यु भएको र ठूलो परिमाणमा हातहतियार र गोलाबारुद बरामद गरिएको छ भने दुई सैनिकको मृत्यु भएको सेनाले जनाएको हाे । सेनाले सार्वजनिक गरेको एएफपीलाई प्राप्त तस्बिरहरूमा बरामद हातहतियार र गोलीगठ्ठासहित मृत शरीरहरू देखाइएको छ। नाम नबताउने सर्तमा एक खुफिया स्रोतले आक्रमण र सेनाको प्रत्याक्रमणको पुष्टि गरेको हाे। यद्यपि उक्त स्रोतले सेनातर्फ पनि क्षति भएको जनाएको छ।
अर्को गुप्तचर स्रोतले मृतक र घाइते भएका सैनिकलाई ६ वटा एम्बुलेन्समा छिमेकी बोर्नो राज्यको राजधानी मैदुगुरी लगिएको जनाएकाे हाे। बोको हराम र आइएसडब्ल्यएपीले हालैका महिनाहरूमा तुलनात्मक रूपमा शान्तिको अवधिपछि आक्रमणहरू बढाएका छन्। सन् २०१९ देखि सेनाले साना चौकीहरू बन्द गरेको हाे। आक्रमणलाई राम्रोसँग सामना गर्न डिजाइन गरिएको ‘सुपर क्याम्प’ भनेर चिनिने ठूला, भारी सुदृढ शिविरहरूमा आफ्नो सेनालाई पुनः सङ्गठित गरेको छ। – एजेन्सी
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह