काठमाडौँ – गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत चरित्र हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।आफूविरुद्ध भ्रामक प्रचार र मानहानि भएको भन्दै उनले साइबर ब्युरोमा उजुरी दिएका हुन् । ढकालले बिहीबार उजुरी दिएको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले रातोपाटीलाई बताए ।आफू विरुद्ध गरिएको भ्रामक प्रचार सहन नसकिने खालको भएको र त्यसविरुद्ध कानुनी कारबाही गर्न ढकालले प्रहरीलाई आग्रह गरेका छन् । पछिल्लो समय फेसबुकमा ढकाल विरुद्ध गालीगलौज गरिएको पोस्टहरू सार्वजनिक भइरहेका छन् ।जेनजी प्रदर्शन हुँदा रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्ने क्रममा उनले गाडी चलाएको भन्ने विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलोचना गरिरहेका छन् । उजुरीबारे सामाजिक सञ्जालमा लेख्दै ढकालले भनेका छन्, ‘यस्ता गतिविधिले मेरो व्यक्तिगत जीवन र पेशागत प्रतिष्ठामा गम्भीर आघात पुर्याएको छ ।’
जापानबाट सञ्चालित एक फेसबुक पेजबाट आफू विरुद्ध निरन्तर प्रहार भएको पनि ढकालले बताएका छन् । घृणा फैलाएर आफूलाई मानसिक तनाव दिने फेसबुक आईडीहरुबारे अनुसन्धान गरेर संलग्नलाई कारबाही गर्न उनले माग गरेका छन् ।
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते