काठमाडौँ : निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आफू चढ्दै आएको गाडी शुक्रबार फिर्ता गरेकी छन् । बालेन शाह नेतृत्वको नयाँ सरकार आएपछि उनले प्रयोग गर्दै आएको सरकारी सुविधा बापतको गाडी फिर्ता गरेको कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।
कार्कीले आफूले प्रयोग गर्दै आएको गाडी थोत्रो र इन्धन पनि बढी लाग्ने गरेको गुनासो गर्ने गरेकी थिइन् । उनले धेरै तेल खाने गाडी सरकारलाई नै फिर्ता पठाइदिन सचिवालयलाई भनेको बताइएको छ।
कार्कीले आफूले पूर्व प्रधान न्यायाधीश हुँदा सर्वोच्च अदालतबाट पाएको सरकारी गाडी नै उपलब्ध गराउन आग्रह सहित अहिले चढेको खर्चिलो गाडी भने फिर्ता गरेको रावलको भनाइ छ।
रावलले कार्कीले दोहोरो सवारी सुविधा भने नलिएको जिकिर गरे।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क