काठमाडौँ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएका छन्। उनले बुधबार साँझ होर्मुजको जलमार्ग र इरानको आणविक कार्यक्रममा सम्झौता गर्न प्रयास गरिरहेको बताए। ट्रम्पले रिपब्लिकन जर्जिया गभर्नर उम्मेदवार बर्ट जोन्सलाई समर्थन गर्ने कार्यक्रममा भने -‘के भइरहेको छ भनेर देख्दा, तपाईंले बुझ्नुहुनेछ कि हामी यो धेरै महत्वपूर्ण कारणले गरिरहेका छौं, हामी उनीहरूलाई आणविक हतियार बनाउन दिन सक्दैनौं। धेरैजसो मानिसहरूलाई थाहा छ कि हामी सही काम गरिरहेका छौं, र यो चाँडै अन्त्य हुनेछ। ‘
सीएनएनका अनुसार इरानले बिहीबार मध्यस्थकर्ताहरूलाई अमेरिकी प्रस्तावको जवाफ दिनेछ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आफूहरू यस अमेरिकी प्रस्तावमा पाकिस्तानी मध्यस्थकर्ताहरूसँग विचार साझा गर्ने बताए। सीएनएनले एक स्रोतलाई उद्धृत गर्दै अमेरिका र इरान दुवै युद्ध अन्त्य गर्न सम्झौतातर्फ अघि बढिरहेको बताएको छ भने इरानले अमेरिकाले दिएको प्रस्तावमाथि अझै विचार गरिरहेको बताएको छ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क