काठमाडौँ : इरानले संयुक्त अरब इमिरेट्समा शक्तिशाली आक्रमण गरेसँगै पश्चिम एसियाको तनाव पुनः चर्किन थालेको छ। हिजो इरानले युएईका विभिन्न ठाउँमा कयौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। युएईको रक्षा मन्त्रालयले १२ ब्यालेस्टिक मिसाइल, ३ क्रुज मिसाइल र ४ ड्रोनलाई आफ्नो प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएको बताएको छ। यस क्रममा ३ जना घाइते भएका छन्। रक्षा मन्त्रालयले अहिलेसम्म इरानले प्रहार गरेका ५ सय ४९ ब्यालेस्टिक मिसाइल, २९ क्रुज मिसाइल र २ हजार २ सय ६० वटा ड्रोन आफ्नो प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ।
यसक्रममा हालसम्म ३ सैनिक मारिएका छन्। यस्तै एक नेपालीसहित १० जना सर्वसाधारण व्यक्ति मारिएका छन्। साढे २ सय जना घाइते भएका छन्। उता, गएरातिको आक्रमण लगत्तै अमेरिकाले इरानी डुंगामाथि होर्मुज जलमार्गमा आक्रमण गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजमा तीवग्रतिका ७ वटा इरानी डुंगामाथि आक्रमण गरिएको बताए। खाडीमा अलपत्र जहाजहरुलाई बाहिर निकाल्ने क्रममा इरानी डुंगामाथि आक्रमण गरिएको अमेरिकी भनाइ छ। यससँगै होर्मुज जलमार्ग पुनः तनावग्रस्त बनेको छ। यस्तै इरानले खाडी मुलुकहरुमाथि पुनः आक्रमण बढाएर पश्चिम एसिया पुनः तनावमा प्रवेश गरेको सन्देश दिएको छ। – एजेन्सी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क