काठमाडौं : समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता जेठको पहिलो साताबाट सुरु हुने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार एक कार्यक्रम गरी आफ्ना कार्ययोजना सार्वजनिक गरेको हो । जसअनुसार जेठको पहिलो साताबाट माग दाबीकर्ता बचतकर्ताको बचत फिर्ता गर्ने कार्य आरम्भ हुने उल्लेख छ ।
त्यस्तै माग दाबी छुट भएका बचतकर्तालाई माग दाबी गर्नका लागि आगामी साउनको पहिलो साता समय खुला गरिने समितिले जनाएको छ । कर्जा असुलीका लागि समितिले कानुनबमोजिम अब कठोर नीति अवलम्बन गर्ने जनाएको छ ।
त्यस्तै किस्ताबन्दीका साथ कर्जा भुक्तानी गर्न लिखित प्रतिबद्धता व्यक्ति गर्दै निश्चित कर्जा रकम दाखिला गर्ने ऋणीलाई यथोचित समय उपलब्ध गराउने, नतिर्ने ऋणीको तीनपुस्ते नामावली प्रकाशनको कार्य र परिवारका सदस्य समेतको नाम कालोसूचीमा समावेश गर्ने समितिले चेतावनी दिएको छ ।
हाल समस्याग्रस्त सहकारीको करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले स्पष्ट पारेको छ ।
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह