काठमाडौँ : सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न पाएका छन्। गृहसचिव राजकुमार श्रेष्ठले महानिरीक्षक पौडेललाई आज दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। पौडेललाई वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षकमा नियुक्त गरेको थियो। यसअघिका महानिरीक्षक राजु अर्याल वैशाख १८ गतेदेखि अवकाशमा गएका थिए।
सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेल सुर्खेतका हुन्। उनले २०५४ सालमा प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीबाट सेवा सुरु गरेका थिए र २०५८ सालमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका हुन्। एमए सम्म अध्ययन गरेका पौडेल करिब तीन दशक लामो सुरक्षा सेवाको अनुभव भएका अधिकारीका रूपमा चिनिन्छन्। सेवाकालमा उनले रोल्पामा स्ट्राइकिङ टोली कमाण्डरदेखि झापाको बिर्तामोड इलाका प्रहरी कार्यालय प्रमुखसम्मका जिम्मेवारी सम्हालेका थिए।
त्यसपछि सशस्त्र प्रहरी बलमा उनले दाङ, बर्दिया लगायतका क्षेत्रमा सुरक्षा नेतृत्व गर्दै सीमा सुरक्षा, प्रशासन, मानव स्रोत तथा कार्य विभागमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। पौडेलले सशस्त्र प्रहरीको नायव उपरीक्षकदेखि अतिरिक्त महानिरीक्षक हुँदै आइजिपीसम्मको यात्रा तय गरेका हुन्। उनी लुम्बिनी र गण्डकी प्रदेशका बाहिनीपतिको रूपमा समेत काम गरिसकेका छन्।
पौडेलले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत लाइबेरिया र कोसोभोमा पनि सेवा गरेका छन्। साथै अमेरिका, इटाली, चीन, श्रीलंका लगायत देशमा सुरक्षा, आतंकवाद नियन्त्रण र नेतृत्व विकाससम्बन्धी तालिम लिएका छन्। उत्कृष्ट सेवाका लागि पौडेलले सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री, गोरखा दक्षिणबाहु लगायतका पदक प्राप्त गरेका छन्।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क