रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक प्रचण्ड आज रुकुमपूर्व आउँदैछन् ।
चुनाव जितेको दुई महिनापछि आज उनी रुकुमपूर्व आउन लागेका हुन् । जिल्ला पार्टी संयोजक कुमारी बरालका अनुसार प्रचण्ड बिहान १० बजे रुकुमकोट पुग्नेछन् ।प्रचण्ड रुकुम पश्चिममा छन् । त्यहाँबाट आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्व पुगेर फर्किने कार्यक्रम रहेको छ ।
प्रचण्डको यो भ्रमण चुनावी समीक्षा बैठकमा केन्द्रित रहने बताइएको छ । निर्वाचन जितेलगत्तै फागुन २२ गते हेलिकप्टरमार्फत काठमाडौं फर्किएका प्रचण्ड त्यसयता जिल्लामा देखिएका थिएनन् ।
चुनावअघि जनताको घरदैलोमा पुगेर विकास, समृद्धि, सडक, रोजगारी र परिवर्तनका चर्का प्रतिबद्धता गरेका उनी जितेपछि भने राजधानीतिरै व्यस्त भए ।
मतदाताले प्रचण्डको यो भ्रमणलाई केवल औपचारिक राजनीतिक उपस्थितिका रूपमा होइन, चुनावी प्रतिबद्धताको परीक्षणका रूपमा हेरिरहेका छन् ।
समीक्षा बैठकभन्दा बाहिर जिल्लाका वास्तविक समस्या, सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधारमाथि ठोस योजना आउँछ कि आउँदैन भन्ने प्रतीक्षा गरेको यहाँका नागरिकहरुले बताएका छन् ।
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु