logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा काठमाडौँमा तीनतले घर

    सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा काठमाडौँमा तीनतले घर

    महिला मुक्ति
    ११ बैशाख २०८३
    315
    Shares

    काठमाडौँ , थापाथलीका सुकुमबासी नेता नारायण परियार(परिश्रमी)की श्रीमतीको नाममा काठमाडौंको शान्तिनगरमा सुविधासम्पन्न घर रहेको पाइएको छ ।परियारकी श्रीमती शुभमाया परियार(कपाली) को नाममा शान्तिनगरस्थित जागृती टोलमा १६ कोठा भएको तीनतले घर रहेको पुष्टि भएको हो ।

    शुभमायाले आफ्नै पसल शुभ नारायण स्टोर्स नाममा ऋण लिनको लागि उक्त विवरण प्रमाणित गर्दै नेपाल बैंक नयाँ बानेश्वर शाखालाई २०७७ साउनमा पत्र लेखेकी थिइन् ।

    बैंकलाई लेखिएको उक्त स्वघोषणा पत्रमा शुभमायाले पर्ति जग्गामा लालपुर्जा नभएको घर भनी उल्लेख गरेकी छिन् । यसको मूल्य ८० लाख रुपैयाँ रहेको समेत उनको स्वघोषणा छ ।

    उक्त घरमा नेपाल विद्युत प्राधिकरणबाट उनको आफ्नै नाममा बिजुलीको मिटर जडान भएको समेत उल्लेख छ ।परियार शुक्रबार मात्रै बैंकिङ कसुरको अभियोगमा प्रहरी नियन्त्रणमा छन् ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com