logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ६ वटा संसदीय समितिको सभापतिमा महिला

    ६ वटा संसदीय समितिको सभापतिमा महिला

    महिला मुक्ति
    ५ बैशाख २०८३
    306
    Shares

    काठमाडौं : संघीय संसद्अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । यसमध्ये ६ वटा संसदीय समितिको नेतृत्वमा महिला पुगेका छन् ।
    संघीय संसद् दुई सदनात्मक छ । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय समिति छन् । यसमध्ये दुई समितिको सभापतिमा महिला रहेका छन् ।
    राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा पूजा चौधरी र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापतिमा जयन्ती देवी राई छन् ।
    प्रतिनिधिसभा अन्तर्गत १० वटा संसदीय समिति छ । दुवै सभा अन्तर्गत दुई वटा संयुक्त समिति छ । यी १२ वटा संसदीय समितिको सभापतिको निर्वाचन सोमबार भएको हो ।
    शुक्रबार निर्वाचित भएका १२ संसदीय समिति सभापतिहरूमध्ये ४ जना महिला रहेका छन् ।
    कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदास र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा ओजस्वी शेरचन निर्वाचित भएका छन ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com